• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Interview, News, Photo, Tourism, Videos » देशमा जब यसरी हुन्छ विकास..(भिडियोसहित) हेर्नुहोस् कछुवाको ताल >>>
देशमा जब यसरी हुन्छ विकास..(भिडियोसहित) हेर्नुहोस् कछुवाको ताल >>>




काठमाडौं  – मुग्लिन–नारायणघाट सडक खण्डका ‘एम्वुस’ जस्ता पुलको अबस्था तपाईले पढनुभयो, तस्वीर हेर्नुभयो र भिडियो पनि देख्नुभयो । यो क्षेत्रमा कति जोखिमपूर्ण यात्रा गर्नुपर्छ र कति धेरै दुर्घटनाग्रस्त क्षेत्र छन्, त्यो पनि तपाईंलाई देखायौँ ।

एकातिर जोखिम र खतरा छ भने अर्कोतिर आशा पनि छ । आशा यसकारण कि ३३ किलोमिटर मुग्लिन–नारायणघाट सडक विस्तार आयोजना अगाडि बढेको छ । यद्यपी यो ढिला भैरहेको छ । काम सकियो भने यो सडक एसियाली मापदण्डको हुनेछ । तर, दुर्भाग्य हामो ‘सिस्टम’ विकासप्रति त्यति धेरै उदार छैन । यो ‘सिस्टम’ मा जनताको आबश्यकताको गतिमा काम हुँदैन । हामीले ग्राउन्ड जिरोमा गएपछि मुग्लिन–नारायणघाट सडक खण्ड विस्तारमा जे देख्यौँ ।


मुग्लिन–नारायणघाट सडक विस्तार आयोजनासम्बन्धी केही तथ्य

–२०७१ चैतबाट काम शुरु भएको मुग्लिन नारायणगढ सडक खण्डको ३३ किलोमिटर बिस्तारको काम २०७४ बैशाखमा सम्पन्न गर्नुपर्ने थियो ।

–निर्धारित समयमा आयोजनाको काम सम्पन्न नहुने भएपछि २०७४ भदौसम्मको समय थप गरिएको छ ।

–आयोजना शूरु भए लगतै आएको भूकम्प र गत बर्ष भारतले गरेको अघोषित नाकाबन्दीका कारण यो आयोजनाको काम प्रभावित भएको आयोजनाले बताएको छ ।

तर, सुनसान कार्यालय

–एकातिर महत्वपूर्ण आयोजनाको काम सकिएन भन्दै समय थप्ने गरिएको छ । अर्कोतिर, सिनियर अधिकारी नै कार्यलयमा भेटिन्नन् । आयोजना स्थलमा पनि भेटिन्नन् । यस्ता कर्मचारीको बलमा आयोजना अगाडि बढेको छ ।

–गत सोमबार रातोपाटी टीम सडक विभाग, मुग्लिन नारायणघाट सडक बिस्तार आयोजनाको कार्यालय पुग्दा रिसेप्सनका कर्मचारी बाहेक अन्य थिएनन् । आयोजना प्रमुख चन्द्रनारायण यादव एक सातादेखि काठमाडौंमा थिए । त्यस अघि उनले एकसाता थाइल्यान्ड बिताए ।

जोखिमपूर्ण मुग्लिन–नारायणघाट सडकमा यस्ता छन् ड्राइभरका दुःख
–उता सिनियर डिभिजनल इन्जिनियर गोबिन्दप्रसाद खनाल परीक्षा विदामा थिए । भएका एकजना इन्जिनियर शिव खनाल चितवनमा भएको एक कार्यक्रममा सहभागी हुन गएका थिए ।

–कार्यालयमा १५ कर्मचारीको दरबन्दी भएपनि ५ जना कटौती गरिएको छ । कार्यालयमा प्रशासनबाहेक एक आयोजना प्रमुख र २ जना इन्जिनियरले आयोजना हेरिररेका छन् । तर, आयोजना प्रमुख कार्यालयमा कहिलेकाँही बसेपनि धेरैजसो काठमाडौ बस्ने गरेका छन् ।

–रातोपाटी टिम सडक बिस्तार आयोजनाको कार्यालय मुग्लिनमा दिँउसो २ बजे पुग्दा कार्यालय प्रमुख र बाँकी दुई इन्जिनियरको कार्यकक्ष बन्द थियो । हामीले तस्विर लिन थालेपछि कार्यालय सहयोगीले कार्यालयमै नभएका कर्मचारी बस्ने कोठको ढोका खोल्न थाले ।


कार्यालयमा आयोजनाका पदाधिकारी नबस्ने बारेमा रातोपाटीको टेलिफोन प्रश्नमा आयोजना प्रमुख चन्द्रनारायण यादवले सडकको निरिक्षण तथा अनुगमनको काम कन्सल्ट्यासले गर्ने भएकोले सडक अनुगमन बारेमा आफ्नो कुनै भूमिका नरहेको बताए ।



सडकको काम पुरा भयो भने …

–चितवन, नारायणघाट आँपटारी देखि मुग्लिनतर्फ १६ किलो भन्ने ठाँउसम्म ११ मिटर चौडा सडक हुनेछ । बाँकी सडक ९ मिटर चौडाईका हुनेछन् । मुग्लिन–नारायणघाट सडक खन्ड अहिले सडक ५, साँढे ५ मिटरदेखि ६ मिटर चौडाईको छ ।
–३ मिटरदेखि ५ मिटरसम्म सडकको चौडाई बिस्तार भएपछि सबारी संचालनमा केही सहजता हुने, दुर्घटना न्यूनिकरणमा थोरै सुधार हुने अपेक्षा गरिएको छ ।

–बिस्तार तथा स्तरोन्नती भइरहेको सडकको कुल लम्बाई ३३ किलोमिटर छ । यो सडकलाई एघार–एघार किलोमिटरका दरले नेपाल भारतका गरी ६ वटा निमार्ण कम्पनी काम गर्दैछन् ।

–पहिलो सडक खण्ड १० किलोमिटर सडक विस्तारमा भारतको बिएलए र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले काम गरिरहेको छ ।

–बिचको ११ किलोमिटर सडक खण्ड भारतको उड–हिल कम्पनी र नेपालको लामा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ ।

–पछिल्लो खण्डको १२ किलोमिटर सडक भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कन्सट्रक्सन कम्पनीले काम गरिरहेको छ ।

–सडक दुई लेनको नै हुनेछ । तर, यो मापदण्ड अनुसारको दुई लेन सडक हुनेछ ।

–कतै गाडी बिग्रिएमा जाम नहँुने गरी सहज किसिमको लेन हुने बताइएको छ ।

–प्रत्येक सडक खण्डमा झन्डै १ अरब रुपैँया खर्च हुनेछ ।

–यो सडक २०३६ सालमा चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण भएको थियो ।

–अहिले हरेक दिन १० हजारभन्दा धेरै सवारी साधन सञ्चालन हुन्छन ।

–विगतमा यो सडक मर्मतसंभारका लागि हरेक बर्ष सडक विभागले ५० लाख हाराहारीमा खर्च गर्ने गर्ने गर्दथ्यो । तर, सडकको अवस्थामा भने खासै सुधार हुने थिएन ।

–विभागले पुल निमार्णका लागि हरेक बर्ष बजेट छुट्याउने गरेपनि बर्षौसम्म पनि पुलको रेलिङ बन्न नसकेको सडक आसपास बसोबास गर्ने स्थानीयहरु बताँउछन् ।

यो सडक खण्डको २० किलो भन्ने स्थानको सेती दोभानमा ६ मिटर लम्बाई र ११ मिटर चौडाईको बस कल्र्भट निमार्ण भइरहेको छ । १ महिनाभित्र यो कल्र्भटको काम सकिने इन्जिनियर ज्ञानेन्द्र घिमिरेले बताए ।

यस्तै पुलको रेलिङको मर्मत गर्ने जिम्मा पनि ठेकेदार कम्पनीले नै लिएकोले केही समय पछि गर्ने परामर्शदाता इन्जिनियर विप्लव कुमार कार्कीले बताए ।


१८ क्षतिग्रस्त पुल नबन्ने ! ४ पुलको नक्साङ्कन हुदैँ

–मुग्लिन–नारायणगढ सडक खण्डको १८ क्षतिग्रस्त पुल भएका स्थानमा तत्काल पुल नबन्ने भएको छ । तर केही पुलहरुको नक्साङ्कनको काम भने शूरु भएको छ ।

–चितवनको दासढुङ्गास्थित दासखोला पुल, खानीखोला पुल, मौरी पुल र जलबिरे पुल निर्माणका लागि नक्साङ्कनको काम शुरु भएपनि पुल कहिले बन्छ भन्नेमा निश्चित भएको छैन् ।


–३३ किलोमिटर सडक बिस्तारको काम भएपनि पुल निमार्णको काम भने तत्काल नहुने भएको हो ।

–पुलको भाँचिएको रेलिङ मर्मत गर्ने जिम्मा निमार्ण व्यवसायी कम्पनीलाई दिएपनि न निर्माण व्यवसायीलाई तातो लागेको छ न त सडक विभागलाई नै ।

–२४ सै घन्टा जोखिम मोलेर सबारी साधानहरु यो बाटोबाट गुड्ने गरेका छन् । सडक विभाग अन्र्तगतको पुल महाशाखाले हरेक बर्ष पुल मर्मत गर्नका लागि रकम निकासा भएपनि पुलको अवस्था भने उस्तै नै छ ।

गत आर्थिक बर्षको न्यून विकास खर्च भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट छन् ।

Labels: Interview, News, Photo, Tourism, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution