• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Interview, News » बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक
बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक

काठमाडौं – समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमूख तीन दलका प्रमूख नेताहरु प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक बालुवाटारमा सुरु भएको छ ।

विशेष गरेर संविधान संशोधनलगायत अन्य समसामायिक राजनीतिक विषयमा तीन नेताहरुबीच सहमति खोज्ने प्रयास हुने बताइएको छ ।

हिजो मात्र प्रधानमन्त्री दाहालले एमाले अध्यक्षसँग संविधान संशोधनका विषयमा छलफल गरेका थिए ।

मधेसी मोर्चाले सरकारलाई संविधान संशोधन प्रस्ताव दर्ता गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री दाहालका अनुसार संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा रहेको र तरुण दलको अधिवेशनको कारण केही समय ढिलाई भएको बताएका थिए ।

Labels: Interview, News

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution