जुत्ताको माला चढाउने मन्दिर >> हेर्नुहोस्
मन्दिरमा देवीदेउतलाई फूल, अक्षता, टिका तथा प्रसाद चढाइन्छ । वस्त्र, आभुषण तथा द्रव्य अर्पण गर्न पनि सकिन्छ । तर भारतमा एउटा यस्तो देवीको मन्दिर छ जहाँ देवीलाई उपर्युक्त चिजहरु होइन विशेष रुपमा जुत्ताको माला चढाइन्छ ।
कर्नाटकको गुलबर्ग जिल्लामा रहेको लकम्मा देवीको मन्दिर छ । त्यहाँ हरेक वर्ष जुत्ता पर्वको आयोजना हुन्छ । अनि उक्त पर्वमा देवीलाई जुत्ताचप्पल चढाउनका लागि टाढा टाढाबाट मानिसहरु ओइरिन्छन् ।
देवीलाई जुत्ता चढाउने उक्त पर्वमा खासगरी गोला बी नामक गाउँका मानिसहरु उच्च रुपमा भाग लिन्छन् । अनौठो परम्पराका कारण यो पर्व प्रसिद्ध छ ।
हरेक वर्ष दिपावलीको छैटौँ दिन पर्वको आयोजना गरिन्छ । मानिसहरु मन्दिर बाहिर रहेको एक रुखमा जुत्ता चप्पल तथा जुत्ताको माला समेत उनेर टाँग्दछन् अनि देवीसँग आशिर्वाद माग्छन् । साथै देवीलाई शाकाहारी तथा मांशाहारी भोगनको भोग पनि लगाउँछन् ।
यसरी देवीलाई जुत्ताचप्पल चढाउँदा देवीलाई मानिसहरुलाई खराब शक्तिहरुबाट रक्षा गर्ने विश्वास गरिन्छ । साथै यसरी चढाउने खुट्टा तथा ढाड दुख्ने समस्या निको हुने विश्वास पनि छ । उक्त मन्दिरमा हिन्दु मात्र होइन मुसलमानहरु समेत चप्पल चढाउन आउँछन् । जनश्रूती अनुसार भक्तजनले चढाएका चप्पल लगाएर देवी रातिको समयमा गाउँभर घुमेर मानिसहरु रक्षा गर्छिन् ।साभार :onlinekhabar

0 comments
Write Down Your Responses