• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Health, News » दैनिक "आलु" खाने गर्नुहुन्छ भने यी कुराहरु अवस्य जानीराख्नुपर्ने हुन्छ
दैनिक "आलु" खाने गर्नुहुन्छ भने यी कुराहरु अवस्य जानीराख्नुपर्ने हुन्छ


तपाईं आलु कत्तिको खानुहुन्छ ? निश्चय नै आलुविना आम मानिसको किचन अपूर्ण हुन्छ । तरकारीबाहेक पनि आलु विभिन्न परिकारको रुपमा खाइन्छ । तर एउटा नयाँ अध्ययनलाई विश्वास गर्ने हो भने आलु धेरै खाँदा उच्च रक्तचापलगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या हुने गर्छ ।

अध्ययनका क्रममा सातामा चारपटक आलु खाँदा उच्च रक्तचापको खतरा बढ्ने देखिएको थियो । उसिनेको वा पकाएको आलुबाट पनि खतरा रहेको अध्ययनकर्ताहरुले बताएका छन् । सामान्यतया चिप्स खाँदा रक्तचाप बढे पनि आलुका अन्य परिकार पनि उत्तिकै खतरनाक भएको अध्ययनमा उल्लेख छ । आलुलाई धेरैबेर फ्राइ गर्दा धेरै फ्याट हुने भएकाले स्वास्थ्यसम्बन्धी अन्य समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् ।

हार्भार्ड मेडिकल स्कुलका अनुसन्धानकर्ताका अनुसार आलुलाई जुनसुकै प्रकारले पनि खाँदा रक्तचापको समस्या हुने गर्छ । आलुमा पाईने कार्बोहाइड्रेट उच्च रक्तचापको प्रमुख कारक भएको उनीहरुको बुझाई छ । आलुमा उच्च मात्रामा ग्लाईसेमिक सूचांक हुने भएकाले कार्बोहाइड्रेटयुक्त तत्व शरीरमा छिटो–छिटो सुगरमा रुपान्तरण हुने र बिस्तारै ब्लडसुगर तहमा वृद्धि हुने उनीहरुले बताएका छन् ।

परिणामस्वरुप ब्लड सुगरको मात्रा बढ्ने उनीहरुको भनाईं छ । २० वर्ष लगाएर गरिएको अध्ययनमा पुरुष र महिला गरी १ लाख ८७ हजार सहभागी गराइएको थियो । नियमित रुपमा आलु खाने महिला र पुरुषमध्ये महिलालाई अझै बढी उच्च रक्तचापको खतरा भएको अध्ययनमा जनाइएको छ । समग्रमा सातामा चार वा सोभन्दा बढीपटक पकाएको, उसिनेको वा फ्राइ गरेको आलु खानेलाई महिनामा एकपटक भन्दा न्यून खाने मानिसलाई भन्दा ११ प्रतिशत उच्च रक्त चापको खतरा बढी भएको बताइन्छ ।

त्यस्तै सातामा चारपटक भन्दा बढी चिप्स खानेलाई उच्च रक्तचापको खतरा १७ प्रतिशत रहेको अध्ययनमा देखिएको छ । आलु खाँदा स्वास्थ्यसम्बन्धी धेरै जटिलता ल्याउने निष्कर्ष पनि अध्ययन समूहको छ । गत जनवरीमा गरिएको एक अध्ययनमा आलु खाँदा गर्भावस्थामा डायबिटिजको उच्च खतरा भएको बताइएको थियो । सातामा दुईदेखि चारपटक आलु खाने गर्भवती महिलालाई डायबिटिजको खतरा २७ प्रतिशत रहेको अध्ययनमा जनाइएको थियो ।

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution