• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
News, Photo » काठमाडौंको दमै टोलमा आगलागी, डडेल्धुरामा आठवटा पसल जले
काठमाडौंको दमै टोलमा आगलागी, डडेल्धुरामा आठवटा पसल जले


काठमाडौं, मंसिर २६ । काठमाडौंको बसन्तपुरस्थित दमै टोलको एक घरमा आज आगलागी भएको छ । खाना पकाउने ग्यास लिक भएर चन्द्रमान डंगोलको घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेका सामान जलेर नष्ट भएका छन् । काठमाडौं महानगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको छ । आगो निभाउने क्रममा उमेशनाथ खड्का घाइते भएका छन् ।

उता, डडेल्धुराको परशुराम नगरपालिका–९ गाईवाधे बजारमा आइतबार राति भएको आगलागीबाट करोडौंको मालसमान जलेर नष्ट भएको छ ।

जिल्ला सदरमुकामभन्दा करिव ६० किलोमिटर पश्चिममा रहेको बजारका ८ वटा पसल आगलागीबाट ध्वस्त भएका छन् ।

स्थानीय रमेश बोहराको पसलबाट सुरु भएको आगलागी अन्य पसलमा फैलिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
           
                ⇩  भिडियो हेर्नको लागि यहाँ Click गर्नुहोस्  ⇩

Labels: News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution