• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
News, Technology » फेसबुकमा नगर्नुहोस् यी गल्ती, अकाउन्ट नै बन्द हुनसक्छ सतर्क रहनुहोला !!!!
फेसबुकमा नगर्नुहोस् यी गल्ती, अकाउन्ट नै बन्द हुनसक्छ सतर्क रहनुहोला !!!!


फेसबुकमा स्टाटस लेख्नु, फोटो पोस्ट गर्नु तथा अरुका पोस्टमा लाइक र कमेन्ट गर्नु हामीमध्ये धेरैको दैनिक रुटिन नै हो । फेसबुक चलाउने क्रममा यसका नीति-नियमहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । किनकी आफ्ना नीति-नियमहरुको उल्लघंन गरेको खण्डमा फेसबुकले सम्वन्धित व्यक्तिको एकाउन्ट बन्द गरिदिन सक्छ । कस्तो अवस्थामा फेसबुक एकाउन्ट ब्लक हुन सक्छ भन्ने जानकारी यहाँ दिइएको छः

१: अत्यधिक म्यासेज पठाएमा

फेसबुकको हेल्प पेजमा राखिएको ‘ब्लकिङ पोलिसी’ अनुसार यदि कोही प्रयोगकर्ता एकदमै छोटो समयमा अत्यधिक व्यक्तिहरुलाई म्यासेज पठाउँदा र म्यासेज पाउनेहरु धेरैले यसलाई ‘अनवेल्कम’ को मार्क गर्छन् भने केही समय उक्त अकाउन्ट बन्द हुन्छ ।

२: ‘हेट स्पिच’ पोस्ट गरेमा

फेसबुकको नीति अनुसार कुनै व्यक्ति, समुदायको गु्रुपका विरुद्ध घृणाजन्य अभिव्यक्ति पोस्ट गरेको खण्डमा तपाईंको फेसबुक अकाउन्ट केही घन्टाका लागि ब्लक हुन सक्छ ।

३: गलत फोटो वा भिडियो अपलोड गरेको खण्डमा

लागूऔषध प्रयोग, नग्नता वा कुनै प्रकारको खेदजन्य ग्राफिक सामग्री सेयर गर्ने अकाउन्टलाई ब्लक गरिन्छ ।

४: अनाधिकृत सामग्री पोस्ट गरेमा

यदि तपाईंसँग कुनै सामग्री -फोटो, टेक्स्ट वा भिडियो) सेयर गर्ने अधिकार छैन भने आफ्नो एकाउन्टबाट जबरजस्ति सेयर नगर्नुस । यसो गरेमा फेसबुकले पहिले चेतावनी पठाउँछ । चेतावनीपछि पनि यस्तो सामग्री सेयर भइरहे या त फेसबुक आफैंले तपाईंको अकाउन्टबाट उक्त सामग्री हटाइदिन्छ या तपाईंको एकाउन्छ ब्लक गरिदिन्छ ।

५: पोक गरेर हैरान पारेमा

फेसबुकमा अरुलाई पोक गरेर हैरान पार्ने सोख तपाईंको छ भने यसलाई त्याग्नु उचित हुन्छ । यसरी जथाभावि पोक गरेको खण्डमा तपाईंको एकाउन्ट बन्द हुन सक्छ ।

६: दुई सयभन्दा बढि ग्रुपको सदस्य भएमा

फेसबुकले हरेक प्रयोगकर्तालाई बढिमा २ सय वटा गु्रपमा आवद्ध हुन अनुमति दिन्छ । योभन्दा बढि संख्यामा गु्रप ज्वाइन गरेमा तपाईंको एकाउन्ट ब्लक हुन सक्छ ।

७: नचिनेका व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाएमा

फ्रेन्ड रिक्वेस्ट ब्लक सेक्सनमा लेखिएको छ कि यदि तपाईं यस्ता व्यक्तिहरुलाई फ्रेन्ड रिक्वेस्ट वा गेमिङ रिक्वेस्ट पठाउनुहुन्छ जसलाई तपाईंले चिन्नुभएको छैन र यदि उनीहरुले तपाईंमाथि फेसबुकमा रिपोर्ट गरिदिए भने तपाईंको एकाउन्ट ब्लक हुन्छ ।

८: साथीको सिफारिसमा

यदि तपाईंको कुनै फेसबुक मित्रले भुलवस तपाईंको कुनै सामग्रीलाई अपमानजनक वा स्पाम भनेर रिपोर्ट गर्‍यो भने पनि अकाउन्ट ब्लक हुन सक्छ ।

Labels: News, Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution