साझा बस चढेर प्रधानमन्त्री सिंहदरबार पुगे, बस चढ्नुअघि भने–म खलाँसी हुँ
साझा बस चढ्नुअघि प्रधानमन्त्रीले आफू देशको खलाँसी भएको बताउनुभयो । नयाँ बसको शुभराम्भ गर्दै उहाँले भन्नुभयो, ‘मैले के ठानेको छु भने म अहिले खलाँसी नै छु । खलाँसी नै छु र मैले बल गरिराखेको छु सबै मिलेर बसौं भनेर । तपाईहरुले पनि सबैतिरबाट मिलेर बस्न आग्रह गर्छु ।
कार्यक्रममा हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडीले कार्यक्रममा खलाँसीले गाडीमा महिला पुरुष, जातजाती सबैलाई मिलाउनेगरेको उल्लेख गरेपछि प्रधानमन्त्रीले आफुलाई खलाँसीसँग तुलना गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले साझा यातायात सुरक्षा र सहज गन्तव्यका लागि भरपर्दो माध्यम भएको पनि बताउनुभयो । उहाँले पहिलेको कुरा सम्झँदै साझाको टिकट लिदा गर्वको अनुभूति हुने गरेको समेत उल्लेख गर्नुभयो । दोस्रो पटक सरकारको नेतृत्व गर्दै गर्दा देशभित्र बढी यातायात दुर्घटना हुने गरेको अवस्थामा अराजक यातायात व्यवस्थालाई अन्त्य गर्न सरकार प्राथमिकताका साथ नीति र नियममा कठोर भएको बताउनुभयो ।
अहिले ट्राफिक र यातायात व्यवस्थामा सुधार हुँदै गएको भन्दै उहाँले सरकार आफैले पनि झण्डै सय बस चलाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले चौडा सडक ठूला बस र शहरलाई जोड्न आवश्यक रहेको बताउनुभयो । बढ्दो सहरीकरण र अव्यवस्थालाई सही व्यवस्थामा ल्याउन सरकार र निजीक्षेत्र सबै मिल्नुको विकल्प नभएको पनि उहाँले बताउनुभयो । उज्यालोअनलाइनबाट
2 comments
Write Down Your Responses





November 27, 2016 at 4:08 AM
जे जे गरेपनि अब दाल गल्नि वाला छैन खानु जति खायर डगार राेक्तै म भाेकाे छु भन्नुकाे कुनै अैचित्ते छै सरखार जन्ता पाकि सक्य हजुरकाे भारत लम्पसार निति दखेर सरखार
November 27, 2016 at 3:18 PM
हो त !!