• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Technology » पूर्व–पश्चिम रेलवेको सर्भे सुरु, पाउलान त नेपालीले नेपालमै रेल चढ्न ? हेर्नुहोस्
पूर्व–पश्चिम रेलवेको सर्भे सुरु, पाउलान त नेपालीले नेपालमै रेल चढ्न ? हेर्नुहोस्


इटहरी १२ मंसिर । यातायात मन्त्रालयअन्तर्गत रेलवे विभागले पूर्व–पश्चिम रेलवेलाइनका लागि ‘डीजीपीएस’ सर्भे सुरु गरेको छ । 

मेचीदेखि महाकालीसम्म रेलवे सेवा विस्तार गर्न मन्त्रालयले सर्भेका लागि बोलपत्र आह्वान गरेको थियो । आजको कान्तिपुरमा खबर छ– सुनसरीको इनरुवाबाट झापाको काँकडभिट्टासम्मको एक सय ५ किलोमिटर रेलवे लाइनका लागि दोहाकर्ण, सोसुम, सिल्टले संयुक्त रुपमा काम गरिरहेका छन् ।
 रेलवेको जीपीएस सर्भेका इन्जिनियर सञ्जयकुमार मिश्रका अनुसार करिब तीन महिनामा इनरुवादेखि काँकडभिट्टासम्मको सर्भे सकिन्छ । त्यसपछि डिटेल सर्भेको टिम आउँछ । रेलवे लाइन ट्रयाकको चौडाइ ८ मिटर हुने जनाइएको छ ।

Labels: Entertainment, News, Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution