: संशोधन प्रस्तावको बिरोधमा रुपन्देही अनिश्चित कालीन बन्द गरियो :
भैरहवा–संविधान संशोधनको विरोधमा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्याथी युनियन (अनेरास्वबियु) रुपन्देहीले अनिश्चितकालनि बन्दको आव्हान गरेको छ ।
आज# बन्दको समर्थनमा बिहिबार बिहानै देखी बिद्यार्थीहरु भैरहवाको बुद्धचोकमा जम्मा भई टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन ।
# बन्दका कारण सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधन चल्न सकेका छैनन । बजारमा भने बन्दको प्रभाव कम देखिएकोछ ।
# भैरहवाको मूख्य बजार लगायत यस आसपासको बजार सहज रुपमा सञ्चालन भएको देखिएका छन ।
# संविधान संशोधनमा नगारिकता सम्बन्धि व्यवस्था, भाषीक हेरफेर र ५ नम्बर प्रदेशलाई टुक्राउने गरी गरेको प्रस्तावको विरोधमा अनिश्चित कालीन बन्द गरिएको स्वतन्त्र बिद्यार्थी युनियनका सचिव चक्र बहादुर थापाले बताए।साभार-रातोपाटी



0 comments
Write Down Your Responses