• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Health, News, Photo » जाडो महिनामा तातो पानीले नुहाउँदा यी कुरा ख्याल गरौँ
जाडो महिनामा तातो पानीले नुहाउँदा यी कुरा ख्याल गरौँ


चिसो मौसममा चिसो पानीले नुहाउनु धेरैलाई तनावको विषय पनि हुन्छ । जाडो सुरु हुनासाथ तातो पानीले नुहाउनुपर्ने धेरैको बानी नै हुन्छ । तातो पानीले नुहाउँदा धेरैलाई रमाइलो अनुभव त हुन्छ, तर यसले शरीर र स्वास्थ्यलाई असर पनि पुर्‍याउन सक्छ । त्यसो त तातो पानीले नुहाउँदा शरीरको दुखाइ कम गर्न पनि सहयोग हुन्छ । एकातिर तातो पानीले नुहाउँदा शरीरलाई केही फाइदा गर्छ भने अनुहारलाई भने केही नोक्सान पनि गर्न सक्छ । धेरै तातो पानीले नुहाउँदा शरीरको छाला डढ्न पनि सक्छ । यसका साथै अन्य विभिन्न छालाका समस्याहरू पनि देखापर्न सक्छन् ।

खासमा हुन्छ के भने जब हामी धेरै तातो पानीले नुहाउँछौँ हाम्रो शरीरको बाहिरी सतहमा रहेको तैलीय तह पग्लिन सक्छ । यो तैलीय सतह हाम्रो अनुहारको सुन्दरता तथा स्वास्थ्य कायम राख्न महत्वपूर्ण हुन्छ । यसले छालामा हुने धेरै संक्रमणहरूबाट बचाउँछ । यसो भन्दैमा चिसोमा तातो पानीले नुहाउनु हुँदैन नै भन्ने पनि होइन । तर, तातो पानीले नुहाउने सही तरिका भने थाहा पाउन जरुरी छ । चिसोमा चातो पानीले नुहाउने सही तरिकाबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन्ः

धेरै तातो पानीले नुहाउने तरिका गलत हो ।

नुहाउन प्रयोग गर्ने पानी जाडोलाई कम गराउने हल्का मनतातो भए हुन्छ ।

तातो पानीले नुहाउने विचारमा हुनुहुन्छ भने समयलाई पनि ख्याल राख्नुपर्ने हुन्छ ।

धेरै लामो समयसम्म तातो पानीले नुहाउनु राम्रो हुँदैन ।

तातो पानीमा साबुनले नुहाउनु उपयुक्त मानिदैन ।

साबुन नै प्रयोग गर्ने भए पनि आयल बेस्ड साबुन छनोट गर्नु फाइदाजनक हुन्छ ।

नुहाउनुअघि प्राकृतिक तेल लगाउनु उपयुक्त हुन्छ ।

यसले गर्दा नुहाएपछि छाला खस्रो तथा फुस्रो हुन दिँदैन । नुहाएपछि ड्राई ब्रस प्रयोग गर्नु हुँदैन ।

नयाँ पत्रिकाबाट    https://youtu.be/tHO-a2KJUZY

Labels: Health, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution