• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Interview, News, Photo » डा. केसीको जीवनरक्षार्थ माइतीघरमा ११ बजे प्रदर्शन : पूरा पढ्नुहोस्
डा. केसीको जीवनरक्षार्थ माइतीघरमा ११ बजे प्रदर्शन : पूरा पढ्नुहोस्


त्रिवि शिक्षण अस्पतालमा २१ दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि आज राजधानीमा नागरिक प्रदर्शन हुने भएको छ।

सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको नागरिक प्रदर्शन ११ बजेबाट माइतीघरमा सुरू हुने छ। उक्त प्रदर्शनमा राजनीतिक दल, नागरिक अभियन्ता, विद्यार्थी, डाक्टरलगायतलाई डाकिएको छ।

अलाइन्सका संयोजक डा. जीवन क्षत्रीका अनुसार ११ बजे माइतीघरमा भेला भएर बानेश्वरसम्म हिँडेर प्रदर्शन गर्ने कार्यक्रम छ। ‘केसीको जीवन जोखिममा परे पनि उनका माग सम्बोधनमा सरकारले बेवास्ता गरेपछि दबाबमूलक प्रदर्शन गर्न लागिएको हो,’ क्षत्रीले सेतोपाटीसँग भने। पहिलेको केसी अनसनलाई निष्कर्षमा पुर्‍याउन माइतीघरमा अायोजित दबाबमूलक प्रदर्शनमा हजारौं सहभागी भएका थिए।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा नियुक्त डिन केपी सिंहले राजीनामा दिए पनि डा. केसीले राजीनामा सँगसँगै नयाँ डिन नियुक्ति र त्रिवि उपकुलपति तीर्थ खनियाको बर्खास्ती माग गरेका छन्। केसीका मागमा शुक्रबार राति सरकारद्वारा गठित समितिका सदस्यसँग वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन।

वरिष्ठताका आधारमा प्राध्यापक डाक्टर जगदीश अग्रवाल डिन नियुक्त हुनुपर्ने हो। राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा सक्रिय मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्।https://youtu.be/tHO-a2KJUZY

संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनुपर्नेलगायत दस बुँदे माग राखी केसी अनसन बसेका हुन्। विगतमा सत्याग्रह तोडिँदा पटक–पटक सम्झौता भए पनि सरकारले केसीका माग पूरा गरेको छैन।  सेतोपाटिबाट :

Labels: Entertainment, Interview, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution