• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
News, Photo, Tourism » अचम्म ! भूकम्पपछि थुप्रै ठाउँमा जमिन ५ देखि १५ फिट माथि उठयो, के हो कारण ? हेर्नुहोस्
अचम्म ! भूकम्पपछि थुप्रै ठाउँमा जमिन ५ देखि १५ फिट माथि उठयो, के हो कारण ? हेर्नुहोस्




क्राइस्टचर्च – न्यूजील्याण्डमा गत नोभेम्बर १४ तारिखमा ७.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो । भूकम्पको यति दिनसम्म अब दूर–दराजका ठाउँहरुमा निकै अचम्मको दृश्य देख्न पाइएको छ । थुप्रै ठाउँमा जमिन ५ देखि १५ फिटसम्म उठेको छ । भू–वैज्ञानिक यो घटनालाई निकै अचम्म भनिरहेका छन् ।





भूकम्पका कारण न्यूजिल्याण्डको थुप्रै ठाउँको भौगोलिक स्थितीमा परिवर्तन देखिएको छ । सरकारले यी ठाउँहरुमा भू–वैज्ञानिकको समूहलाई पठाएको छ । वैज्ञानिकका अनुसार थुप्रै ठाउँमा जमिन ५ देखि १५ फिटमाथि सम्म आएको छ । कोइकोरामा जमिन १० फिट माथि उठेको वैज्ञानिकले जानकारी दिएका छन् । यसका साथै समुन्द्री तटमा पनि जमिन दुई मिटर माथि उठेको बताइएको छ । भू वैज्ञानिक डा. जोशुआ माउन्टजोय भन्छन्, ‘मैले पहिलो पटक भूकम्पका कारण जमिन माथि उठेको देखिरहेको छु ।’


के हो कारण ?
भू–वैज्ञानिकका अनुसार जमिनमा यस्तो प्रकारको परिवर्तनलाई फल्ट रप्चर वा सरफेस रप्चर भनिन्छ । भूकम्पको क्रममा प्लेट माथि तल सरिरहेको हुन्छ । जसका कारण थुप्रै पटक जमिन तल माथि हल्लिरहेको हुन्छ । न्यूजिल्याण्डमा पहिलो पटक फल्ट रप्चर देखिएको हो ।-रातोपाटीबाट






Labels: News, Photo, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution