• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Sports, Tourism, Videos » मेसीले भेटे आफ्नो नामको जर्सी लगाउने ६ वर्षे अफगान बालकलाई
मेसीले भेटे आफ्नो नामको जर्सी लगाउने ६ वर्षे अफगान बालकलाई


अफगानिस्तानका ६ वर्षीय एक फुच्चे बालक, जो आफैले तयार पारेको विश्व चर्चित फुटबलर लिओनल मेसीको १० नम्बरको अर्जेन्टिनी जर्सी लगाएर गत जनवरीमा चर्चामा आएका थिए। उनै फुच्चेले आफ्नो सपनाको हिरो बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर मेसीसँग भेट्ने सौभाग्य पाए।
अफगानी मुर्ताजा अहमदीले अर्जेन्टिनाको जर्सीको रंगजस्तै नीलो र सेतो बुट्टा भएको ‘प्लास्टिक ब्याग’ लाई मेसीको जर्सी बनाएर लगाएको फोटो यसै वर्षको पहिलो महिना ‘भाइरल’ भएको थियो। यसपछि उनी निकै चर्चामा थिए।

आफ्नो यिनै फुच्चे समर्थकलाई मंगलबार बार्सिलोनाको मध्य पूर्वको भ्रमणमा मेसीले पहिलो पल्ट भेटे। बार्सिलोना अहिले आफ्नो प्रायोजक कतार एयरलाइन्सको निम्तो मान्न राजधानी दोहा पुगेको छ। बार्सिलोनाले विहिबार साउदी अरेबियाको अल–अहाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
यही खेलका लागि दोहा पुगेका मेसी आफ्नो सबैभन्दा कान्छो कट्टर समर्थकलाई भेटेपछि निकै प्रफुल्लित देखिन्थे। उनले अहमदीलाई आफ्नो हस्ताक्षर भएको बार्सिलोनाको दुईवटा जर्सी पनि प्रदान गरे। मेसीले अहमदीलाई केही समय बोकेर फोटो पनि खिचाए।



मेसीसँग भेटन पाउदा अहमदी पनि दंग थिए। अहमदीको जन्म अफगानिस्तानको राजधानी काबुलदेखि दक्षिणपश्चिम पर्ने जागोरीमा भएको थियो। ‘प्लास्टिक ब्याग’ मा कलमको नीलो मसीले १० नम्बर र मेसीको नाम कोरिएको जर्सी अहमदीले पहिरेको फोटो अर्जेन्टिनी कप्तानको फ्यान साइटमा पोस्ट भएपछि विश्वभरीका फुटबल प्रशंसकमाझ कौतुहलता बढेको थियो।
    सोसल मिडियामा विश्वव्यापी चर्चा पाएको ११ महिनापछि यी दुईबीच पहिलो भेट भएको हो। मेसीका कारण अहमदीले विश्वब्यापी चर्चा पाएपछि अफगानिस्तानका कट्टर समुदायबाट उनको पुरै परिवारलाई धम्की आएको थियो। यही धम्कीका कारण अहमदीको पुरै परिवार गत मेमा आफ्नो देश छोडेर पाकिस्तान पुगेको थियो।
युनिसेफका कर्मचारीले गत फेब्रुअरीमा मेसीबाट हस्ताक्षर गराएको दुईवटा टिसर्ट अहमदीलाई प्रदान गरेका थिए। मुसलमानहरूको धार्मीक पुस्तक कुरान पढाउनुको सट्टा फुटबल मैदानमा पठाएको भन्दै अहमदीका बुवा मोहम्मद आरिफलाई अज्ञात व्यक्तिबाट २०–३० पल्ट धम्की आएको थियो।

आरिफले आफ्नो कान्छो छोराका लागि मेसीको प्लास्टिकको जर्सी बनाउन ठूलो छोराले सघाएको बताएका छन्। उनले मंगलबार मेसीसँगको भेटलाई छोराको जीवनको स्वर्णीम क्षण भनेका छन्।      

                   ⇩  भिडियो हेर्नको लागि यहाँ Click गर्नुहोस्  ⇩

Labels: Entertainment, Sports, Tourism, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution