• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Photo, Technology » जाडोमा कोठालाई न्यानो बनाउन यस्तो सजावटहरू
जाडोमा कोठालाई न्यानो बनाउन यस्तो सजावटहरू


कुनै पनि भवन मानिसलाई सजिलो हुने गरी व्यवस्थित तरिकाले साजसज्जा गर्नु नै इन्टेरियर डिजाइन हो । यसले घर या अफिसको सुन्दरता बढाउनुका साथै काम गर्न निकै सहज अनुभव गराउँछ । दैनिक जीवनमा प्रयोग हुने विभिन्न वस्तुलाई व्यवस्थित रूपमा राख्ने कला नै इन्टेरियर हो । इन्टेरियर डिजाइन मौसम, समय र परिस्थितिअनुसार फरक–फरक तरिकाले गर्न सकिन्छ । अहिले चिसो मौसम सुरु भइसकेको छ । यस्तोमा आफ्नो कोठाको इन्टेरियर डिजाइन पनि परिवर्तन गरी न्यानो बनाउन सकिन्छ । आफ्नो नयाँ या पुरानो कोठालाई न्यानो बनाउन अपनाउन सकिने केही तरिकाबारे इन्टेरियर डिजाइनर हेमा लामाका सुझाब यस्ता छन्ः

कोठामा प्रयोग गरिने रङले मानसिक अवस्थामा असर पार्छ । त्यसैले कोठामा लगाइने रङलाई निकै ध्यान दिनुपर्ने हुन्छ । शीतल अनुभव हुने निलो, हरियोलगायतका रङ यो मौसममा अपनाउनु उपयुक्त हुँदैन । त्यसको सट्टा हेर्दा नै तातो अनुभव हुने सुन्तला, पहेँलो, रातो, गोल्डेन, चकलेटलगायतका कलरलाई प्राथमिकता दिन सकिन्छ ।

फ्लोरिङमा पनि चिसो दिने मार्बल, टायल लगाउनु हुँदैन । यदि पहिला नै फ्लोरमा यस्तो चिसो दिने सामग्री लगाइरहेको छ भने गलैँचा, उडन फ्लोरिङ माथिबाट लगाएर न्यानो बनाउन सकिन्छ । यस्ता फ्लोरिङमा पनि भित्तामा जस्तै कलर कम्बिनेसन मिलाउन भने आवश्यक छ ।

घरमा प्रयोग हुने लाइटिङले पनि कोठाको न्यानोपनमा धेरै फरक पार्छ । प्राकृतिक र कृत्रिम दुवै प्रकारका प्रकाशलाई हेरेर आवश्यकताअनुसार लाइटको समायोजन गर्न सकिन्छ । प्राकृतिक प्रकाश यो मौसममा कोठामा कम नै प्रवेश गर्छ । त्यसैले कृत्रिम प्रकाश बढीभन्दा बढी प्रयोग गरेर कोठालाई न्यानो र उज्यालो बनाउनु उपयुक्त हुन्छ ।

कोठामा प्रयोग हुने सोफा, गलैँचा, पर्दालगायतका सामग्रीमा पनि हेभी टेक्स्चर प्रयोग गर्नु राम्रो हुन्छ । धेरै बुट्टा भएको टेक्स्चरले कोठालाई न्यानो अनुभव गराउँछ ।

कोठाको सौन्दर्य बढाउन प्रयोग गरिने सजावटका अन्य सामग्री तथा वास्तुहरू सकेसम्म काठको राम्रो हुन्छ । फलाम, स्टिल र सिसाको सो–पिसभन्दा काष्ठकलाहरू सजाउँदा कोठालाई न्यानो प्रदान गर्छ ।

जाडो महिनामा लेदर या रेक्जिनका फर्निचरभन्दा भेल्भेट या अन्य न्यानो कपडाबाट कभर गरिएको फर्निचर प्रयोग गर्नु उत्तम हुन्छ । यदि लेदर या रेक्जिनको फर्निचर भएमा पनि न्यानो कपडाले कभर गर्नुपर्छ । त्यस्तै, पिलोहरू पनि न्यानो दिने कपडाकै छनोट गर्नुपर्छ ।

कतिपयले दराज, फोटो या अन्य सामग्रीहरू झ्याल छेक्ने गरी राखेका हुन्छन् । जाडो मौसममा सकेसम्म झ्यालबाट सूर्यको प्रकाश भित्र छिर्नबाट छेक्ने गरी कुनै सामग्री राख्नु हुँदैन ।

जाडोमा हिटर बालेर पनि कोठालाई न्यानो पार्न सकिन्छ । तर, हिटर बाल्दा आगो चाँडै टिप्ने खालको कपडा अन्य सामग्रीनजिक राख्नु हुँदैन ।

नयाँपत्रिकाबाट 

Labels: Entertainment, Photo, Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution