तराईका जिल्लाहरुमा शितलहर
जनकपुरसहित तराईका जिल्लाहरुमा शितलहर सुरु भएको छ । चिसो बढेपछि तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । शितलहर कै कारण जनकपुर–काठमाडौँ हवाई सेवा प्रभावित हुँदै आएको छ ।
जनकपुर काठमाडौँ यति एरलाइन्सका इन्चार्ज युवराज घिमिरेका अनुसार हुस्सुका कारण भिजिविलिटी कम भएकोले आईतबार कुनै उडान भएन । भिजिविलिटी कम्तिमा २ हजार हुनुपर्ने अवस्थामा आईतवार ८ सय मात्र देखिएपछि हवाई सेवा अवरुद्ध भएको उनले बताए ।
जनकपुर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान र बेलुका जनकपुरको तापक्रकम १४ देखि १६ डिग्रि सेलसियस छ । चिसोका कारण जनकपुरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन समेत प्रभावित भएका छन् ।
धनुषाका व्यापारिक केन्द्रहरु जनकपुर, महेन्द्रनगर, सवैला बजार, धनुषाधाम, महोत्तरी सदरमुकाम जलेश्वर, बर्सिवास, सलार्ही सदमुकाम मलंगवा, लालबन्दी, हरिवन लगायतका बजारमा चहलपहल घटेको छ । समुदायिक विद्यालय बन्द मध्य तराईका जिल्लामा एक सातादेखि चलेको शितलहरका कारण जनजीवन कष्टकर बनेपछि धनुषाका सामुदायिक विद्यालयहरु आइतबारदेखि बन्द गरिएको छ ।
चिसो हावासंगै चलेको शितलहरका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि सामुदायिक बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएको हो । जिल्ला शिक्षा समितिले मौसममा सुधार नभएसम्म बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले बताए ।
नयाँपत्रिकाबाट


0 comments
Write Down Your Responses