• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Photo » मन्टेश्वरीमा तपाईँको बच्चा सुरक्षित त छन् ? (हेर्नुस् फोटो र भिडियो)
मन्टेश्वरीमा तपाईँको बच्चा सुरक्षित त छन् ? (हेर्नुस् फोटो र भिडियो)


ललितपुर– ट्राफिक प्रहरी परीसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथु बिहिबार मध्यान्ह साढे १२ बजे एकान्तकुनाबाट जावलाखेल तर्फ जाँदै थिए । जब उनी जावलाखेल पुगे एक मन्टेश्वरीको भ्यानभित्र बालबालिकाहरु बेस्सरी चिच्याएको सुने ।




बा १२ च ५३४५ नम्बरको भ्यानमा त्यसरी बालबालिका चिच्याएको सुनेपछि हत्तपत्त हाछेथुले भ्यान रोके । भ्यानभित्र हेर्दा ८ जनाको सिटमा २४ जना बालबालिका राखेको पाइएको हाछेथुले रातोपाटीलाई जानकारी दिए ।
ललितपुरको लुभुमा रहेको कोहिनूर मन्टेश्वरीले बालबालिकालाई त्यसरी चिच्याउने गरी कोचेर गाडीमा राखेको पाइएको हो ।
राजधानीमा बालबालिकालाई मन्टेश्वरीमा भर्ना गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा कोहिनूरले यसरी ससाना नानीहरुलाई भ्यानमा कोचेर यात्रा गराएको पाइएको हो ।

मन्टेश्वरीमा राख्दा बालबालिकाको हेरचार राम्रो हुने विश्वासमा अभिभावकले सानै उमेरमा बालबालिकालाई मन्टेश्वरीमा राख्ने गर्छन् । तर, महंगो शुल्क तिरेर राखिने मन्टेश्वरीले नै बालबालिकाको सुरक्षामा चर्को लापरबाही गर्ने गरेको डरलाग्दो उदाहरण कोहिनूर प्रकरणबाट खुलेको छ ।

बिहान मन्टेश्वरी स्कुलबाट ती बच्चाहरुलाइ चिडियाघर घुमाउन भन्दै बिहिबार जावलाखेल लगिँदै थियो । तर, निकै कोचाकोचमा परेका बच्चाहरु भ्यानभित्रै चिच्याएपछि ट्राफिक प्रहरीको चेकजाँचमा परेको थियो ।


प्रहरी निरीक्षक हाछेथुका अनुसार चालक कमल बहादुर भडेलले चलाएको सो भ्यानलाई अहिले नियन्त्रणमा लिइएको छ । उनले भने, ‘ससाना नानीहरुलाई कष्टकर यात्रा गराएको पाइएकाले नियन्त्रणमा लिइएको हो । ८ जनाको सिट भएको भ्यानमा दुई शिक्षिकासहित २४ बालबालिका चढाइनु कत्तिको सहज हुन्छ, त्यो आफैं महसुश गर्ने विषय हो ।’
उनका अनुसार ससाना बालबालिकालाई कोचेर यात्रा गराउँदा गाडीको ब्रेक लाग्दा पनि ठोक्किएर चोटपटक लाग्ने तथा घाइते नै बन्ने जाखिम हुन्छ ।

ललितपुर ट्राफिक प्रहरीले मन्टेश्वरी तथा स्कुल बसहरुमा विगतमा पनि कडाईका साथ चेक जाँच गरिँदै आएको र आगामी दिनमा चेकजाँचलाई थप कडा पारिने हाछेथुले बताए ।
कोहिनूर मन्टेश्वरी स्कुल लुभुका प्रिन्सिपल नरेन्द्र श्रेष्ठले बालबालिकालाई भ्यानमा कोचेर गल्ती भएको भन्दै अव उप्रान्त त्यस्तो नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘ १४ जनासम्म त ठीकै हो तर अलि बढी भएकै हो । अर्को गाडी नपाएर त्यस्तो भएको हो अब त्यस्तो हुँदैन ।’

मन्टेश्वरीमा बालबालिकाको हेरचाह हुने विश्वासमा परेका अभिभावक कोहिनूरको यो लापरबाहीमा अब सचेत हुनुपर्ने देखिएको छ । ससाना बालबालिकालाई भ्यानमा कोच्ने मात्रै नभई विद्यालयमा थप लापरबाही त भइरहेको छैन ? यसतर्फ आम अभिभावक बेलैमा चनाखो बन्न जरुरी छ ।

रातोपाटिबाट
                                  ⇩  भिडियो हेर्नको लागि यहाँ Click गर्नुहोस्  ⇩

Labels: Entertainment, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution