• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Health, Interview, News » सधैं खुसीयाली जीवन बिताउने हरुले के खान्छन् ? थाहा पाउनुस् यस्ता आठ HAPPY FOOD
सधैं खुसीयाली जीवन बिताउने हरुले के खान्छन् ? थाहा पाउनुस् यस्ता आठ HAPPY FOOD


यस्ता थुप्रै खानेकुरा हुन्छन् जसले खराब मुड, डिप्रेसन र स्ट्रेसलाई भगाएर खुसी महसुस गराउँछ । मनोवैज्ञानिक डा. रुमा भट्टाचार्यका अनुसार खानपिनले पनि मानिसको मूडमा ठूलो असर पुर्याउने गर्दछ । खानेकुरामा पाइने भिटामिन, मिनरल्स, एसिड्स र केमिकलले दिमागमा रहेको हर्मोनलाई एक्टिभ गरेर हाम्रो मुडलाई प्रभावित गर्दछ । आज हामी तपाईंलाई यस्ता ८ खानेकुरा बारे जानकारी दिँदै छौं जसलाई नियमित खाँदा मूड राम्रो हुन्छ । खुसी हुने मानिसहरुले धेरैजसो यी खानेकुरा खान्छन् ।

केराः
यसमा भिटामिन, मिनरल्स र फाइबरका साथै स्वस्थ कार्बोहाइड्रेट हुने गर्दछ । यसले रगतमा चिनीको मात्रालाई बढाएर मुड राम्रो बनाउँछ ।

ओखरः
यसमा स्वस्थ मोनोस्याचुरेटेड फ्याट र प्रोटिनका साथै ओमेगा–थ्री फ्याटी एसिड हुन्छ जसले मूड राम्रो बनाएर डिप्रेसन भगाउँछ ।

आलसः
यसमा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ जसले डिप्रेसनलाई हटाएर दिमागलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

डार्क चक्लेटः
यो प्राकृतिक एन्टिडिप्रेसेन्ट हो । यसले सेरोटोनिनलाई रिलिज गरेर मुडलाई राम्रो बनाउँछ र डिप्रेसन बढाउने कार्टिसोल हर्मोनको लेवललाई घटाउँछ ।

बेसार हालिएको दुधः
दुधमा क्याल्सियम र भिटामिन डी हुन्छ । यस्तै बेसारमा टर्मेरन्स र कक्र्युमिनड्स हुन्छ जसले मुडलाई राम्रो बनाउन सहयोग गर्दछ ।

ग्रीन टीः
यसमा पाइने एन्टी अक्सिडेन्ट र थियानाइन नामक अमिनो एसिड डिप्रेसन र तनावलाई कम गर्दछ । मूड राम्रो बनाउँछ ।

ओट्सः
यसमा पाइने हाई फाइबर कार्बोहाइड्रेटले स्वास्थ्यमा सकारात्मक असर पुर्याउनुका साथै र मुडलाई राम्रो बनाउन सहयोग गर्दछ ।

माछाः
यसमा ओमेगा – थ्री फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यसले दिमागलाई स्वस्थ राख्छ भने मूड पनि राम्रो बनाउँछ ।

Labels: Entertainment, Health, Interview, News

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution