• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, Health, News » कागती काटेर बेडरुममा राख्नुहोस्, अर्को दिन हुनेछ यस्तो चमत्कार !
कागती काटेर बेडरुममा राख्नुहोस्, अर्को दिन हुनेछ यस्तो चमत्कार !


यदि तपाईं बिहान ऊर्जावान् महसुस गर्न चाहुनुहन्छ भने तीनवटा कागती काटेर आफ्नो बेड नजिकै राख्नुहोस् । हरेक दिन यो नियम अपनाउनुहोस् र फरक देख्नुहोस् । कागतीको बास्ना निकै ताजा महसुस गराउने किसिमको हुन्छ र यसले निकै शक्तिशाली सफाइ गर्दछ । आज हामी तपाईंलाई कागतीका यस्तै रोचक प्रयोग बारे जानकारी दिँदै छौं ।

बेडरुममा कागती राख्दा निकै बास्ना आउँछ । यो प्रयोग गर्दा तपाईंले बेडरुममा रुम फ्रेशनरजस्तो केमिकलयुक्त स्प्रे प्रयोग गर्नुपर्दैन ।

बेडरुममा कागतीको बास्नाले दम र रुघा खोकीले सास फेर्न समस्या हुने व्यक्तिहरुलाई सास फेर्न सहज हुन्छ र अर्को दिन निकै ताजा भएको महसुस हुन्छ ।

कपालको रङ मनपरेन र यदि यसबाट छुटकारा पाउन चाहुनुहुन्छ भने कागतीको रस लगाउनुहोस् । यसमा पाइने साइट्रिक एसिडले कलर जान्छ ।

स्याड काटेर राख्दा त्यो बिस्तारै खैरो हुँदै जान्छ । यदि यसो हुनबाट जोगिन चाहनुहुन्छ भने काटिएको स्याउमा कागतीको रस लगाइदिनुहोस् ।

कपडामा यदि किलाको खिया लागेको छ भने त्यसमा कागतीको रस र बेकिङ सोडा राखेर स्क्रब गर्नुहोस् । त्यसपछि साधारण सफाई गर्नहोस् । यसले दाग हट्छ ।

बाथरुम, ऐना र कारको ऐनालाई सफा गर्नका लागि कागतीको रस प्रयोग गर्नुहोस् । यसो गर्दा पानीको दाग र सबै प्रकारको फोहोर सफा हुन्छ ।

सेतो कपडा राख्दा राख्दै पहेंलो भएको छ भने त्यसलाई केही बेर कागती पानीमा डुबाएर राख्नुहोस् । त्यसपछि साधारण धुलाई गर्नुहोस् । हराएको चमक फिर्ता आउनेछ ।

प्लाष्टिकको बोटल वा लञ्च बक्सको चिल्लो र त्यसको गन्धबाट छुटकारा पाउनका लागि रातभरी कागती पानीमा डुबाएर राख्नुहोस् र बिहान बेकिङ सोडाले सफा गर्नुहोस् ।

चपिङ बोर्डमा लागेको फल वा तरकारीको दाग हटाउन चाहुनुहुन्छ भने कागतीको टुक्रा काटेर त्यसमा रगड्नुहोस् । दागका साथै त्यसको गन्ध पनि हट्छ ।

सिंक सफा गर्नका लागि कागतीको रसमा नुन मिसाएर मिश्रण बनाउनुहोस् र त्यसले बेसिन, सिंकको सफाई गर्नुहोस् ।

कागतीको टुक्रालाई कुहिनो र घुँडामा रगड्नुहोस् । यसमा पाइने ब्लिचिङ एजेन्टले त्यसको कालोपन हटाउँछ ।

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution