• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
Entertainment, News, Photo, Videos » बानेश्वरको सडकमा व्यापारीले यसरी फाले बेच्न राखिएका तरकारी (भिडियोसहित)
बानेश्वरको सडकमा व्यापारीले यसरी फाले बेच्न राखिएका तरकारी (भिडियोसहित)


काठमाडौं – राजधानीको नयाँ बानेश्वर–मिनभवनस्थित होलसेल तरकारी बजारका व्यापारीले हजारौँ मूल्य बराबरका तरकारी सडकमा फालेर आन्दोलन शुरु गरेका छन् ।
उनीहरुले शनिबार बिहान ९ बजेदेखि बानेश्वरको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको पूर्बी भागको सडक अवरुद्ध गर्दै बिक्रीका लागि ठिक्क पारेको तरकारी सडकमा फालेर बिरोध गरेका हुन् ।

नागरिक लगानी कोषले तरकारी बजार खाली गराउन आज डोजर ल्याँउदै गरेको भन्ने सुनेपछि तरकारी ब्यापारीहरु सडकमा आएका हुन् । यतिबेला तरकारी बजार आसपासमा दर्जनौ संख्यामा प्रहरी परिचालन गरिएको छ भने ब्यापारीहरु सडकमा तरकारी फाल्दै नागरिक लगानी कोषको बिरोध गरिरहेका छन् ।

नागरिक लगानी कोषको खाली जग्गामा २ सय हाराहारीका तरकारी व्यापारीले तरकारी व्यापार आएका थिए । कोषले आफ्नो कार्यालय भवन बनाउन जग्गा खाली गर्न यसअघि नै तरकारी ब्यापारीहरुलाई आग्रह गरेको थियो । तर व्यापारीहरुले भने बैकल्पिक ब्यवस्था नगरी तरकारी पसल नहटाउने भन्दै अडान लिएर तरकारी पसल सञ्चालन गर्दै आएका थिए । व्यापारीहरुले अटेर गरेपछि जग्गा खाली गराउन कोषले बल प्रयोग गरेको हो ।

   ⇩  भिडियो हेर्नको लागि यहाँ Click गर्नुहोस्  ⇩

Labels: Entertainment, News, Photo, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution