• HOME
  • Update News
  • Health
  • Sports
  • Entertainment
  • Technology
  • World
  • Interview
  • Business
  • VIDEO
  • Tourism
News, Photo » यसवर्ष सामना गर्नुपरेको प्राकृतिक विपत्तिका फोटोहरु, जसले आँखा रसाइदिन्छन् : हेर्नुहोस्
यसवर्ष सामना गर्नुपरेको प्राकृतिक विपत्तिका फोटोहरु, जसले आँखा रसाइदिन्छन् : हेर्नुहोस्



यो वर्ष धर्तीले विभिन्न प्राकृतिक विपत्तिको सामना गर्नुपर्यो । हिजो भर्खर इन्डोनेसियामा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प मापन गरिएको छ । यस्तै इटली र न्यूजिल्याण्डले पनि खतरनाक भूकम्पको सामना गर्नुपर्यो । क्राइस्टचर्चसमेत इटालीका थुप्रै शहरलाई भूकम्पले तहसनहस बनाइदियो । ब्राजिलमा मानिसहरु खडेरीका कारण तनावमा रहे । यस्तै, चीन, अमेरिका, उत्तर कोरिया, भियतनाम, मलेशिया र फिलिपिन्सका थुप्रै हिस्सालाई बाढीले बगायो । ताइवान, चीन र फिलिपिन्सले मेरान्ती, हाएमा र साओलाले खतरनाक आँधीको सामना गर्नुपर्यो। यहाँ हामी यस्तै विनाशका केही तस्बिरहरु सार्वजनिक गर्दै छौं ।




हाइटीको पोर्ट सालुतमा म्याथ्यु आँधी आएपछिको दृश्य । फोटोमा देखिएकी महिलाको घर पूर्ण रुपमा ध्वस्त भइसकेको छ र उनी छत बिनाको आफ्नो घरको किचनमा खाना बनाइरहेकी छिन् ।


न्यूजिल्याण्डमा पछिल्लो महिना आएको भूकम्प पछि सडकको हालत यस्तो भएको थियो ।

h

पाकिस्तानको पेशावरमा भारी वर्षा पछिको स्थिती । यहाँ मानिसहरु यसरी आफ्नो सामान बचाउने कोसिसमा लागेका थिए ।


ताइवानमा भूकम्पका कारण यस्तो तरिकाले १७ तल्ले अपार्टमेन्ट धरासयी भएको थियो ।


चीनको फुजान प्रान्तमा आँधी नेपार्तकले मिनकिंग काउन्टीको हालत यस्तो बनाइदिएको थियो ।


इटालीले यो वर्ष ६.२ म्याग्निच्युडको भूकम्पको सामना गर्यो जसमा यस्ता थुप्रै शहर तहसनहस भएको थियो ।

फ्लोरिडाको आर्म्ड बीचमा म्याथ्यु आँधीले तहसनहस बनाएको घर ।

Labels: News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post
Recent Updates
Entertainment
Current Comments Views

Total Pageviews

Copyright © 2015 AAjako Suchana- All Rights Reserved.
Design by:7 Brothers IT Solution